दफा ११
अनुमतिपत्र खारेज गर्न सकिने
: (१) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्दा दफा १० बमोजिम अपनाउनु पर्ने कुराहरुको पालना नगरेमा समितिले त्यस्तो व्यक्ति वा संस्थालाई निश्चित अवधि तोकि त्यस्ता कुराहरुको पालना गर्नको लागि आवश्यक आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले आदेशको पालना नगरेमा समितिले त्यस्तो व्यक्ति वा संस्थाको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि समितिले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थालाई आफनो सफाई पेश गर्न मनासिब मौका दिनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम समितिले अनुमतिपत्र खारेज गर्ने गरी गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्ति वा संस्थाले पैंतीस दिनभित्र मन्त्रालयमा पुनरावेदन दिन सक्नेछ ।